खजुरा : भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका आरति पौडेलले कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, खजुरा बाँकेको नमुना प्रदर्शन स्थलको अबलोकन गर्नु भयको छ ।मन्त्रि पौडेलले तालिम केन्द्रले गरेको कामको प्रसंसा समेत गर्नुभयको थियो ।
किसानलाई सिप सिकाउन तालिम केन्द्रले कार्यालय परिसर भित्र नमुना प्रदर्शन स्थल निर्माण गरि उदाहरनिय काम गरेको भन्दै प्रसंसा गर्नुभयो ।
बन्जर जमिनलाई सदुपयोग गरेर किसानलाई कृषिमा राम्रो काम गर्न सकिन्छ भनेर देखाउन सफल तालिम केन्द्रको मन्त्रि संगै अवलोकन गर्नुभएका कृषि बिकास निर्देसनालयका निर्द्रेसक याम नारायण देवकोटाले तालिम केन्द्र किसानको गुरु बन्न सकेको भन्दै थप प्रगतिको कामना गर्नुभयको थियो ।
तालिम केन्द्रका निमित्त प्रमुख अमरराज शर्मा घिमिरेले तालिमकेन्द्रले गरिरहेको प्रयासका बारेमा जानकारी गराउनु भयको थियो ।











