‘सरकारको योजना किसानमाझ पुगाउन हरित स्वयम सेवक परिचालन गरिने’- कृषि मन्त्री पौडेल

खजुरा : लुम्बिनी प्रदेशका कृषि मन्त्रि आरति पौडेलले सरकारको योजना किसानमाझ पुगाउन हरित स्वयम सेवक परिचालन गरिने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशमा ९८३ जना हरित स्वयम सेवक छनोट गरि मन्त्रालयले कृषि विकासका लागी उनिहरुलाई परिचालन गर्ने गरि योजना बनाएको मन्त्रि पौडेलले बताउनुभयो ।

आज कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, खजुरामा हरित स्वयम सेवकहरुका लागी प्रदान गरिने दुई हप्ते तालिमको उद्घाटन गर्दै मन्त्रि पौडेलले हरित स्वयम सेवकहरुले प्रदेश सरकारले गर्न खोजेको कामको किसानहरुमाज सहजिकरण गर्ने बताउनुभयो । किसानलाई आइपर्ने समस्याको समाधानका लागी हरित स्वयम सेवक मार्फत कार्य गरिने समेत मन्त्रि पौडेलले बताउनुभयो ।

उहाँले हरित स्वयम सेवक मार्फत किसान बचाउने काम गर्ने र उत्पादनमा जोड दिने उल्लेख गर्नुभयो । मन्त्रि पौडेलले प्रत्यक पालिकामा कृषि सन्जाल बनाउन बनाउन खोजिएको भन्दै यस तर्फ हरित स्वयम सेवकको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । मन्त्रालय र किसानसगँको संगत लामो बनाउन हरित स्वयम सेवकको भुमिका महत्वपुर्णहुने मन्त्रि पौडेलले उदघाटन सत्रमा बोल्ने क्रममा बताउनुभएको थियो ।

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, खजुराका निमित्त प्रमुख अमरराज शर्मा घिमिरेको अध्यक्षतामा भएको तालिम उद्घाटनमा कृषि विकास निर्देशनालयका निर्देशक याम नारायण देवकोटा, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुल्सीराम भट्टराई, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारी, विउ विजन प्रयोगशाला खजुराका प्रमुख दिलिप सिंह, कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक डा.शकर न्यौपाने, पशु तालिम केन्द्र नेपालगन्जका निमित्त प्रमुख रामकेश यादव, कृषि पत्रकार समाज लुम्विनि प्रदेशका उपाध्यक्ष खगेन्द्र दाहाल लगाएतको उपस्थिती रहेको थियो ।

आज देखि सुरु भएको दुई हप्ते तालिममा ७० प्रतिशत क्षमता विकास र ३० प्रतिशत प्रावधिक ज्ञान प्रदान गरिने तालिमकेन्द्रले जनाएको छ । तालिममा व्यवसाय संचालन, कृषि सँग सम्बन्धित निति नियम, सरोकारवाला निकायहरु र तिनको भुमिका, व्यवसायिक योजना निर्माण, कृषि विमा, कृषि कर्जा, नविनतम कृषि प्रविधि लगाएत सिप प्रदान गरिने तालिमकेन्द्रका प्रावधिक अधिकृत अनिस श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया