नेपालगंज : तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७६ औं जन्मजयन्ती आज उनको सम्झना गरि नेपालगन्जमा समेत मनाइएको छ । सामना पुनस्थापना केन्द्र नेपालगन्जको आयोजनामा नेपालगंजको धम्बोझी चोकमा राजाको सम्झनामा दिप प्रजवलन गरि उनको सम्झना गरिएको सामना पुनस्थापना केन्द्रका संयोजक आगमन प्रताप सिंहले बताए ।
धम्बोझी चोक तत्कालिन समयमा राजा बिरेन्द्रको शालिक सहितको बिरेन्द्र चोकको रुपमा परिचय रहेको थियो । वीरेन्द्रको जन्म विसं. २००२ सालमा भएको थियो । विसं. २०२८ सालमा उनी नेपालका राजा भएका थिए । वीरेन्द्रको २०५८ साल जेठ १९ मा राजदरवार हत्याकाण्डमा निधन भएको थियो ।
पारिवारिक जमघटको समयमा जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डबाट उनको निधन भएको हो । सो क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेको छ ।
मंगलबार नेपालगंज सहित देशका विभिन्न शहरमा राजा स्वर्गीय वीरेन्द्र शाहको ७६ औं जन्मजयन्ती मनाइएको छ ।












