कृषि मन्त्रि पौडेल स्मार्ट गाउँको अवलोकनमा

नेपालगन्ज : लुम्विनी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि आरति पौडेलले बाँकेको खजुरामा रहेको सितापुर स्मार्ट कृषि गाँउको अवलोकन गर्नुभएको छ । खजुरालाई कृषिमा चिनाउन स्मार्ट कृषि गाँउको भुमिका महत्वपुर्ण रहेको मन्त्रि पौडेलले अवलोकनको क्रममा बताउनुभयो ।

स्मार्ट कृषि गाउँका संयोजक लाल बहादुर खत्रिले सितापुर स्मार्ट गाँउको प्रगति बारेमा मन्त्रिलाई जानकारी गराएका थिए । स्मार्ट कृषि गाँउका संयोजक खत्रिले किसानले उत्पादन गरे बमोजिम बजार मुल्य नपाउने गरेको गुनासो मन्त्रिलाई सुनाएका थिए । मन्त्रि पौडेलले किसानका समस्या समाधानका लागी प्रदेश सरकार कटिबद्ध भएर लागिरहेको बताउदै कृषिमा सम्वृद्ध बनाउन स्मार्ट कृषि गाँउले आफ्नो क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रि पौडेलले मन्त्रालयको आगामि योजनाका बारेमा पनि स्मार्ट कृषि गाउँका किसानहरुलाई जानकारी गराउनुभएको थियो ।

मन्त्रि पौडेलसगै प्रदेश साम्सद बाबुराम गौतम, समाजसेवि गोपाल गिरि लगाएतले सितापुर स्मार्ट कृषि गाउँको अवलोकन गरि आवश्यक सुझाव समेत दिनुभएको स्मार्ट कृषि गाउँका संयोजक खत्रिले जानकारी दिनुभयो ।

प्रतिक्रिया