नेपालगन्ज :
घटना एक : जुम्लाका कमलेश थापा (नाम परिवर्तित) अध्ययनका लागि नेपालगंजमा आएर बसेको करिब दुइ बर्ष मात्रै भएको छ, नेपालगंजको एक टेक्निकल कलेजमा अध्ययन गर्ने उनको रवाफिलो र खर्चालु दैनिकीले नाजिका साथीहरु अश्चार्यमा परे । कहाँ र कसरी उसको जीवन स्तरमा एकाएक आएको परिवर्तनको खोजिनिती गर्दा उनी पुरुष यौनकर्मिको रुपमा केही महिना देखि कार्य गर्दै आएको खुलासा गरेको उनका साथिले बताए ।
नेपालगन्जमा कोठा भाडामा लिएर बस्दै आएका उनले घरबेटी विवाहित महिला संग यौन सम्बन्ध राखेकै कारण उनको रवाफिलो दैनिकी, पैसा , मोटरसाइकल र अन्य सुबिधा प्राप्त गर्दै आएको जिकिर गरे ।
घटना दुई :
कोहलपुर बसेर एउटा कलेजमा अध्यन गर्ने युवक हरेक हप्ता बाँके-बर्दियाको कुनै होमस्टे तथा होटेल बाँस बस्छन् । हप्ताको हरेक शुक्रबार र शनिबार उनको यहि दैनिकी रहने गर्छ । कोहलपुरकै एक बिवाहित महिला संग प्रेम सम्बन्ध बनाएका उनले ती महिलाबाट मासिक ३०-४० हजार सम्म पकेट खर्च लिने गर्छन् ।
नाम नखुलाउने सर्तमा ति युवकले उक्त विवाहित महिलासंग यौन सम्बन्ध राखेकै कारण आफ्नो खर्च चलेको समेत बताए । घरबाट सिमित पैसा दिन्छन्, कोठभाडा, कलेज फिस तिर्ने र नगन्य मात्रामा पकेट खर्छ आउँछ । घरबाट पठाएको पैसाले यो स्तरमा जिउनै सकिदैन, तर अहिले मलाई कुनै कुराको कमि छैन उनले बताए ।
यी माथिका घटना प्रतिनिधि मात्रै हुन् । यस अगाडी काठमाडौं, पोखरा र धरान जस्ता ठुला शहरमा सक्रिय देखिएको पुरुष यौनकर्मीहरु नेपालगन्जमा पनि रहेको तथ्य खुलेको छ । नेपालगन्ज तथा अन्य शहरमा कतिको संख्यामा पुरुष यौनकर्मीहरु छन् भन्ने एकिन डाटा कसै संग नभए पनि नेपालगन्जमा केही दर्जनको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । जो ब्यवसायिक रुपमै यौनकर्मिको रुपमा कार्य गर्दछन भने नियमित रुपमा सम्पर्कमा रहेर त्यस्ता क्रियाकलापमा समावेश हुनेहरुको संख्या अनुमान नै गर्न नसकिने सम्पर्कमा आएकाहरुले बताउछन् ।
महिला यौनकर्मी जस्तै पुरुष यौनकर्मीहरुको विशेष स्थान वा विशेष सम्पर्क सुत्र नभेटिए पनि सम्बन्धका आधारमा त्यस्तो कार्य हुँदै आएको कुराकानीका क्रममा खुल्ने गरेको छ ।
नागरिक समाजकर्मीले केही कलेजका ब्यक्तिहरुसंग ब्यक्तिगत सम्बन्धको आधारमा गरेको कुराकानीका क्रममा उनिहरुले आफ्नो सर्कल तथा साथिहरुले सुनाएको अनुभव र नजिकका साथिहरुको क्रियाकलापको आधारमा यस्तो जिकिर गरेका हुन् ।
विवाहित महिलाहरु गोप्य रुपमा यस्ता सम्बन्ध राख्न मन पराउने भएकाले त्यस्ता पुरुष यौनकर्मीहरुलाई प्रेम सम्बन्धका रुपमा बिस्तार गर्ने गरेको समेत तथ्य खुलेको छ । प्रेम सम्बन्धमा बाधिए पनि पुरुषहरु भने पैसाकै लागि नै त्यस्ता सम्बन्ध गास्ने गरेको बताउछन् । कतिपय अवस्थामा त्यस्ता सम्बन्धहरुले जटिलता समेत प्रदान गर्ने उनिहरुले बताए ।
ब्यक्तिगत सम्बन्धका आधारमा त्यस्ता पुरुष यौनकर्मीहरु एक अर्का संग नेटवर्कको रुपमा गासिदै जाने गरेको समेत बताउछन । एउटा पुरुष यौनकर्मीको नजिकको अर्को पुरुष उसको महिला पार्टनरको साथी सम्म पुराउने काममा पुलको काम गरिदिने हुनाले सहजै रुपमा कति पुरुष यौनकर्मी नेपालगन्जमा छन् भनेर आकलन गर्न सकिँदैन ।
बिशेषगरि नेपालमा बैदेशिक रोजगारमा जाने प्रबृत्ति संगै मौलायको पुरुष यौनकर्मीहरु एक जना पुरुष एक वा दुई भन्दा बढी महिलासंग नियमित सम्पर्कमा आउने गर्दछन । त्यस्तै केही पुरुष यौनकर्मीहरु भने बैदेशिक रोजगारीमा गएका, बिदेशी लाहुरे तथा उच्च घरानाका महिला सम्म कसरी पुग्न सकिन्छ र कसरी उनीहरु संग मोलमोलाइ गर्न सकिन्छ भनेर लाग्ने गरेको समेत बताउने गर्छन् ।
त्यस्तै राजधानी काठमाडौंमा पुरुष यौनकर्मीहरु संख्या सोचेभन्दा बढी रहेको जानकारहरु बताउछन् । नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या पनि बढिरहेको छ।











