किसानहरुलाई बंगुरका पाठापाठि वितरण


नेपालगन्ज : खजुरा गाउँपालिका पशु शाखाले बंगुरको श्रोत केन्द्र स्थापना गर्न किसानहरुलाई उन्नतजातका बंगुरका पाठापाठि वितरण गरेको छ । पशु सेवा शाखाले खजुरा ३ धवलागिरीमा रहेको प्रगतिशिल बगुरपालन समुहका २० जना महिला किसानहरुलाई प्रतिव्यत्ति १ वटा गरि पाठि २० वटा र विउ भालेको लागी १ वटा प्रदान गरेको हो ।

पशु सेवा शाखाले उक्त समुहका सदस्यहरुलाई बंगुरपालन सम्बन्धि तालिम समेत प्रदान गरि अब व्यवसायिक बनाउने उदेश्यले पाठा पाठी वितरण गरिएको शाखा प्रमुख रत्न बहादुर शाहिले बताउनुभयो ।

प्रगतिशिल बगुरपालन समुहका अध्यक्ष छम्मी घर्तिमगरले बंगुर समुहका सदस्यले पहिलेपनि केहि पाल्दै आएकोमा गाउँपालिकाले सहयोग गरेपछि थप हौसला मिलेको बताउनुभयो । समुहका अध्यक्ष घर्तिमगरले अर्को वर्षसम्म समुहका हरेक सदस्यले वंगुर पालनलाई विस्तार गर्दे पाठापाठी विक्रि गर्ने बताउनुभयो ।

बंगुरपालन बाट राम्रो आर्थिक आम्दानी हुने भएपछि उनिहरु समुहबनाएरै यस तर्फ लागेका हुन ।

प्रतिक्रिया