नेपालगन्ज : बाँकेमा ८ औं रास्ट्रिय पोल्ट्रि दिवसको अबसरमा भेरि अस्पतालका विरामिहरुलाई अण्डा वितरण गरिएको छ । कुखुरा विकास फार्म खजुरा बाँकेले दिवसको अवसरमा विरामिलाई अण्डा वितरण गरेको हो ।
दिवसका अवसरमा गरिएको कार्यक्रममा लुम्बिनी प्रदेश, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि आरति पौडेलले कुखुरा विकास फार्म प्रदेशमै धेरै राजस्व संकलन गर्ने कार्यालय बनेको बताउनुभयो ।
कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा.शकर न्यौपानेले फार्मलाई देशकै नमुना बनाउन खोजेको उल्लेख गर्नुभयो । प्रवन्धक न्यौपानेले किसानलाई आवश्यक पर्ने कुखुरा सम्बन्धी सम्पुर्ण जानकारीका साथै चल्ला तथा कुखुरा उपलव्ध गराउन कटिबद्ध रहेको जानकारी दिनुभयो ।
दिवस मनाउने क्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारी, अस्पतालका मेसु डा.प्रकाश थापा, अस्पताल व्यवस्थापन समिति, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।












