मानसिक स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

नेपालगन्ज : स्वास्थ्य कर्मीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी आधारभुत तालिम दिइएको छ । सिबिएमको सहयोग तथा कोहलपुर नगरपालिका र बैजनाथ गाउपालिको सहकार्यमा डेक नेपाल बाँकेले ६ दिने तालिमको आयोजना गरेको हो ।

तालिमको समापनमा वोल्दै कोहलपुर नगरपालिकाका मेएर लुट बहादुर रावतले तालिममा सिकेका कुराहरुलाइ आफनो काममा कार्यन्वयन गर्नुपर्ने सुझाव दिए । सबैले आआफनो जिम्मेवारी निभाए सेवा वाट वन्चीत भएका व्यक्तीहरु मानसिक स्वास्थ्य सेवाको पहुचमा आउने धारणा राखे ।

डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले मानसीक स्वासथ्य समस्या भएका व्यक्तीहरुको उपचारका लागि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिए ।

आइतवार देखि सुरु भएको तालिममा बैजनाथ गाउँपालिका मेडिकल अधिकृत १ जना, हेल्थ असीस्टेन्ट ३ जना, कोहलपुर नगरपालिकाका ४ जना हेल्थ असीस्टेन्ट लगाएत, सल्यान, दैलेख र सुर्खेत जिल्लाका गरि १६ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया