खजुरा : बाँकेको खजुरा गाउँपालिकामा रहेको पशु सेवा शाखाले फार्म टु फार्म भिजिट कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पालिकाको पशु सेवा शाखाले फार्ममै पुगेर अवलोकन गरि फार्ममा भएका पशुहरुलाई स्वास्थ्य चेकजाँच गरि आवश्यक औषधिहरु वितरण गर्ने गरेको छ ।
पशु सेवा शाखाको उक्त कार्यलाई किसानहरुले मन पराएका छन । पशु सेवा शाखाले आन्तरिक र बाह्य परजिवीका औषधिहरु किसानको फार्ममै पुगेर वितरण गर्ने गरेको शाखाका प्रमुख रत्न बहादुर शाहिले जानकारी दिनुभयो । पशु सेवा शाखाले जुका, माटे, जुम्रा, उपिया, लुतो, दाद, किर्ना, बाझोपन लगाएतको उपचारका लागी हाल सम्म ठुला फार्म देखि साना फार्मसम्म र गाई भैसि देखि बाख्रा फार्म सम्म २७ वटा फार्ममा पुगिसकेको शाखाका प्रमुख शाहिले बताउनुभयो ।

फार्मले सबै औषधिहरु किसानलाई निशुल्क वितरण गरिरहेको छ । फार्मको प्रतक्ष्य निगरानि गरि आवश्यक औषधि वितरण गर्ने गरेको पशु सेवा शाखाले खजुरामा भएका अधिकाश फार्ममा पुगेर सेवा दिने जनाएको छ ।
खजुरा गाउँपालिकामा हाल सम्म ३० वटा भैसि फार्म, ३१ गाई फार्म, ५५ बाख्रा फार्म, ९ बंगुर फार्म, २४ एकिकृत फार्म र ३१ वटा कुखुरा फार्म रहेका छन ।












