लुम्बिनी प्रदेशका किसानलाई कृषि यन्त्र मर्मत तालिम

नेपालगन्ज : कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा, बाँकेले लुम्बिनी प्रदेशका किसानहरुलाई कृषि यन्त्र मर्मत तथा संचालन तालिम दिन सुरु गरेको छ ।

तालिम केन्द्रले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १८ जना किसानहरुलाई कृषि यन्त्र मर्मत तथा संचालन तालिम दिन थालेको हो । तालिम बर्दियाको दहित ट्रेर्डसमा प्रतक्ष्य यन्त्रहरु सम्बन्धि सिकाई प्रदान गर्ने उदेश्यले फिल्डमै किसानलाई सिप सिकाउने गरिएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख अमरराज शर्मा घिमिरेले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा सभासद कविराम थारुले प्रतक्ष्य लाभ लिन सकिने गरि कम्पनिमै सहभागिलाई तालिम दिन लागेकोले प्रभावकारी हुनेमा विस्वस्थ हुनुभयो । उहाँले नितान्त व्यवहारीक, परिपक्क हुने गरि दिइएको तालिमले किसानलाई फाइदा पुगाउने बताउनुभयो ।

तालिम केन्द्र खजुराका प्रमुख घिमिरेले कृषि यन्त्र संचालन गर्दा आउने समस्या समाधान गर्न तालिम प्रभावकारी हुने विस्वास लिनुभयो । तालिम पश्च्यात साना तिना समस्या किसानले आफै समस्या समाधान गर्न सक्ने तालिम केन्द्रका कृषि प्रसार अधिकृत अनिस श्रेष्ठले जानकारी दिनुभयो । तालिम ६ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया