सशस्त्र प्रहरी बल बढैयाले खजुराबाट ११ सय केजी बोनलेस मासु बरामद

नेपालगन्ज : बाकेको सशस्त्र प्रहरी बल बढैया बिओपीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको ११ सय केजि बोइलर कुखुराको  (बोनलेस) मासु बरामद गरेको छ ।

बिहीवार सशस्त्र प्रहरी बलको बढैया बिओपी बाँकेबाट खटिएको पेट्रोल टोलिले बाँके खजुरा गाउँपालिका वडा नम्बर २ के गाउँमा भारतबाट ल्याउदै गरेको अबैध बोइलर कुखुराको मासु ( बोनलेस) ११ सये केजि बरामद गरेको हो । उक्त मासुको मूल्य अन्दाजी ४ लाख ४० हजार रुपैयाँ रहेको छ  ।

सशस्त्र प्रहरी बल बढैया बिओपीका प्रहरी निरीक्षक बिनोद श्रेष्ठका अनुसार भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको उक्त बोनलेस मासु लोड गरिएको गाडी समेत नियन्त्रणमा लिइएको जनाएका छन् ।
श्रेष्ठका अनुसार उक्त बासु र गाडी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बाँकेमा पठाइएको बताएका छन्  ।

भारतबाट ल्याइएको उक्त अबैध मासुलाई पशु क्वारेन्टाइन चेक पोष्ट नेपालगन्जको नष्ट पिठमा स्थानिय प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको बताइएको छ ।

प्रतिक्रिया