‘हरित स्वंयम सेवक’लाई सक्षम बनाइने

नेपालगन्ज : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले ‘हरित स्वंयम सेवक’हरुसगं शुक्रबार अभिमुखिकरण अन्तरक्रिया गरेको छ । विज्ञ केन्द्रले पशु सेवा तर्फका स्वंयम सेवकहरुलाई ‘हरित स्वंयम सेवक’को काम जिम्मेवारी तथा सेवा सुविधाका बारेमा जानकारी गराएको हो ।

अन्तरक्रियामा हरित स्वंयम सेवकहरुले अपेक्षा गरेका कुरा र उनिहरुलाई कसरी परिचालन गरिने बारेमा पनि छलपल भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।

अन्तरक्रियामा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले कृषि तथा पशु सेवाका कार्यक्रमलाई ग्रामिण तहका किसानको माझमा पुगाउन हरित स्वंयम सेवक परिचालन गरिने बताउनु भयो । उहाँले कृषि तथा पशु सेवालाई विस्तार गर्न हरेक वडामा स्रोत व्यक्तिको रुपमा काम गर्नुपर्नेमा समेत जोड दिनुभयो । ज्ञवालिले मन्त्रालयले हरित स्वंयम सेवकहरुलाई सक्षम बनाउने गरि विभिन्न सिप मुलक तालिमहरु पनि सन्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

हरित स्वंयम सेवकहरुलाई वडामा नमुना किसान बनाउने बताउदै उहाँले कामका आधारमा सेवा सुविधा प्रदान गरिने र सेवामुखि भएर काम गर्न पर्नेमा जोड दिनुभएको थियो । उहाँले हरेक वडाका हरित स्वंयम सेवकहरु ‘कृषि वडाध्यक्ष’का रुपमा हेरिने भएकाले कृषिको विकासका लागी होस्टेमा हैसे मिलाएर काम गर्न अनुरोध गर्नुभएको थियो ।

अभिमुखिकरणमा मन्त्रालयकै अर्थ विज्ञ अनुप तिवारीले वडालाई कृषि तथा पशु विकासमा नमुना बनाउन हरित स्वंयम सेवकको भुमिका महत्वपुर्णहुने बताउनुभयो । उहाँले हरित स्वयम सेवकलाई सक्षम बनाउन मन्त्रालयले थप कार्यक्रमहरु पनि ल्याएको उल्लेख गर्दै सिकेको सिपलाई गाउँमा प्रयोग गरिदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया