खुल्ला अनलाइन कविता प्रतियोगिताको पुरस्कार वितरण तथा छन्द प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगन्ज : भेरी साहित्य समाज बाँकेको आयाेजना तथा खजुरा गाउँपालिकाकाे सहयाेगमा आज खजुरामा खुला अनलाइन कविता प्रतियोगिताकाे पुरस्कार वितरण तथा छन्द प्रशिक्षण कार्यक्रम गरिएको छ।

समाजका अध्यक्ष बाेधराज प्याकुरेलकाे सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथ खजुरा गाउपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपति,विशिष्ट अतिथि प्राज्ञ हरिप्रसाद तिमिल्सिना अतिथि साहित्यकार इन्द्रबहादुर भण्डारी , कल्पना पाैडेल जिज्ञासु,लेक प्याकुरेल,चरित्रा शाह,संगीतकार प्रभात सुवेदी,गीतकार कविन्द्र भट्टराई,कथाकार शशिराम कार्की प्रतिभा साहित्य समाजका अध्यक्ष शिशिर सापकोटा , ऋषिराम सापकोटा,ऋषिकेस जिसी लगायतको उपस्थिति थियाे।

कविता प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने क्रमश बाँकेको प्रकृति भण्डारी,कैलालीको कृपा अधिकारी र पश्चिम रुकुमका खिमलाल देवकोटालाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियाे।

दाेस्राे चरणमा प्राज्ञ हरि तिमिल्सिना र प्रभात सुवेदीले छन्द प्रशिक्षण दिनु भएको थियोे । प्रशिक्षणमा ६० जना प्रशिक्षार्थी सहभागी थिए भने कार्यक्रमको सञ्चालन समाजका सहसचिव जिवराज बमले गरेका थिए।

प्रतिक्रिया