‘बर्दियाले माछाको मागलाई पुरा गर्न सक्छ’- कृषि मन्त्रि पौडेल

आजै भेटेरिनरी प्रयोगशालाको उद्घाटन



बर्दिया : लुम्बिनी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि आरति पौडेलले प्रदेशका नागरिकमा एक जनाको भागमा अझै २ किलो माछा अपुग भएको बताउनुभएको छ । बर्षदिन भित्र एक व्यक्तिले ५ किलो सम्म खानुपर्नेमा ३ किलोसम्म मात्र उत्पादन गर्न सकिएको भन्दै आगामि वर्षमा उत्पादनलाई बढाएर आत्मनिर्भर हुन किसानले अग्रसरता बढाउन आवश्यक रहेको बताउनुभयो । बर्दियाले माछाको मागलाई पुरा गर्न सक्ने सम्भावना देखिएकोले यसतर्फ किसानलाई चाहिने आवस्यक सहयोग मन्त्रालय मार्फत गरिने उल्लेख गर्नुभयो ।

एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, गुलरिया बर्दियाले आयोजना गरेको माछा पालक कृषक र सरोकारवालाहरुसगं अन्तरक्रिया गोष्ठी कार्यक्रममा सहभागिता जनाउदै कृषि मन्त्रि पौडेलले बर्दियालाई माछा उत्पादनको जिल्लाका रुपमा विकसित गर्ने गरि आगामि कार्ययोजना तर्जुमा गरिने बताउनुभयो । मन्त्रि पौडेलले मन्त्रालयबाट प्रदान गरिने अनुदानका कार्यक्रमहरुलाई व्यवस्थित गर्न खोजिरहेको उल्लेख गनुभयो ।

उहाँले उत्पादनमुखि प्रोत्साहन अनुदान लाई बिशेष रुपमा हेरिएको र त्यसका लागी निति पनि पारित भैसकेको बताउनु भयो । मन्त्रि पौडेलले मन्त्रालयले अन्य खेतियोग्य जमिनमा भन्दा सम्भव भएसम्म अन्य जमिनमा माछा पालन गर्न सुझाव दिनुभयो । उहाँले प्राकृतिक तालमा माछापालन गर्ने गरि योजना ल्याउने व्यवसायिकलाई थप सहयोग गर्न सकिने बताउनुभयो ।

कृषि मन्त्रि पौडेलले हरेक किसानसंग जोडिने गरि थप नयाँ कार्यक्रमहरु ल्याउने तयारी गरेकाले सहजतापुर्वक काम गर्न आग्रह गर्नुभयो । बर्दियामा हाल ठुला किसानमात्रै ६ सय रहेका छन । प्रायको दैनिक स्थानिय माछा पालन गरेकै स्थानबाट विक्रि हुने गरेको छ । लुम्बिनी प्रदेशका अन्य जिल्ला भन्दा बढि बर्दियामा माछा पालन गरिने भएकाले भएपनि पानिको मुख्य समस्या भने यथावत रहेको बढैयाताल गाउँपालिकाका किसान गणेस शर्मा लम्सालले बताउनुभयो ।

एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, गुलरिया बर्दियाका प्रमुख विनोद घिमिरेको अध्यक्षतामा भएको अन्तरक्रिया गोष्ठिमा कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रबधिक अधिकृत मो.सद्धाम हुसेन र मत्स्य विकास केन्द्र सम्सेरगंजका वरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले सहजिकरण गर्नुभएको थियो ।

एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, गुलरिया बर्दियामा स्थापना गरिएको भेटेरिनरी प्रयोगशालाको मन्त्रि पौडेलले आजै उद्घाटन गर्नुभएको छ । प्रयोगशाला स्थापनाले बर्दियामा रहेका किसानलाई थप टेवा पुग्ने कार्यालय पञ्म’ख घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया