
कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा, बाँकेले दिएको कृषि यन्त्र मर्मत तथा संचालन तालिमको समापन गरियको छ । तालिम केन्द्रले लुम्बिनी प्रदेशका ११ जिल्लाका १८ जना किसानहरुलाई कृषि यन्त्र मर्मत तथा संचालन तालिम दिईएको हो । तालिमको समापन लुम्बिनी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि आरति पौडेलले गर्नुभयो ।
सहभागी किसानहरुले बर्दियाको दहित ट्रेर्डसमा प्रतक्ष्य यन्त्रहरु सम्बन्धि सिकाई प्रदान गरियको किसानले तालिम प्रभावकारी रहेको बताएका थिए ।
कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख अमरराज शर्मा घिमिरेको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शंकर प्रसाद थारु, एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, गुलरिया बर्दियाका प्रमुख बिनोद घिमिरे, कृषि सहकारी संघ बर्दियाका अध्यक्ष हरि प्रसाद अधिकारि, दहित ट्रेडसका संचालक चुलुराम चौधरी, कृषि पत्रकार समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष खगेन्द्र दाहाल लगायतको उपस्थिति रहेको तालिम केन्द्रका कृषि प्रसार अधिकृत अनिस श्रेष्ठले जानकारी दिनुभयो ।
