नेपालगन्जको मालपोतमा बिना तयारि लेखापढीलाई पैसा दोएर काम गराउने सोचले जान लाग्नु भएको छ भने तपाइको काम सफल नहुन सक्छ ।
मालपोत कार्यालय भित्र बिचौलिया प्रवेशमा रोक लगाइँदा लेखापढी व्यवसायीलाई पनि प्रवेश गर्न नदिइएको भन्दै उनीहरुले सोमबारदेखि काम रोकेका छन् ।
लेखापढी व्यवसायीले संविधानले प्रदत गरेको अधिकारबाट वञ्चित गरिएको भन्दै काम रोकेका हुन् । उनीहरुले अनिश्चित समयका लागि पेन डाउन गरेको जनाएका छन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बागंले मालपोत कार्यालय नेपालगन्जमा बिचौलियाले गर्ने कामको बैकल्पिक ब्यवस्था गरिएकोले उहाँहरुलाई सदाको लागि प्रवेश निषेध गरिएको जानकारी दिनुभएको छ ।











