इन्द्रावती बचतको ९ औं बार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज : इन्द्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जले आफ्नो को ९ औं बार्षिक साधारणसभा नेपालगन्ज स्थित आफ्नै कार्यालयमा सम्पन्न गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम रहेकै कारण सहकारीले आफ्नो साधारणसभा कार्यालयमै मनाएको हो ।

बार्षिक साधारणसभामा बोल्दै संस्थाको कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता पदम पाण्डेयले सहकारीले नेपालमा रहेका शैक्षिक बेरोजगारीको समस्या सम्बोधन गर्नुपर्ने बताएका छन् । सरकारले समेत सहकारी मार्फत रोजगारी सृजना गर्नुपर्ने कुरामा जोडिएको अवस्थामा सहकारीको माध्यमबाट बेरोजगारी दर कम गर्नुपर्ने धारणा राखेका थिए ।

साथै कार्यक्रमका  विशिष्ट अतिथि समेत रहेका अधिवक्ता पाण्डेयले केही सहकारीले गरेको बदमासीको कारण अन्य सहकारीलाई समेत काम गर्न गाह्रो भएको सन्दर्भमा बोल्दै सहकारीको मुल मर्मलाई ध्यान दिनर कार्य सम्पादन गर्नुपर्ने र त्यसो हुनसकेमा सहकारीको माध्यमबाट सदस्यको जीवन परिवर्तन गर्न सहयोगी भुमिका खेल्न सक्ने बताएका छन् ।

त्यस्तै साधारणसभामा बोल्दै कार्यक्रमका पेअमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवालीले कोभिड -१९ ले सहकारी क्षेत्रमा पारेको नोक्सानी अतुलनीय रहेको र केही सहकारी त्यसको मारमा परेको समयमा पनि इन्द्रावती बचतले जुन किसिमले आफ्नो लगानी बढाएको छ त्यो स्रहानिय रहेको बताएका छन् ।

कोभिडले थलिएको अर्थब्यबस्थाको हिस्सा रहेको सहकारी क्षेत्रले सदस्यहरूलाई बचत तथा उत्पादनमा टेवा पुग्ने खालका योजना ल्याउनु पर्ने र सहकारीले ३-५ बर्षिय योजना तयार गरेर त्यसै अनुरुप हिड्नु पर्ने बताएका छन् ।

कार्यक्रममा इन्द्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिकास काउचा मगरले बार्षिक प्रगती विवरण पेश गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रबन्धक प्रकाश थापाले गरेका थिए भने संस्थाका सचिव सुनिल रसाइलीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया