खजुरा गाउँपालिकामा कृषि तथा पशुसेवा तर्फ के के प्रगति भए ?

खजुरा : बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७७ ०७८मा कृषि तथा पशुसेवा तर्फ सम्पनन गरेका कामहरुको सार्वजनिक गरेको छ । गाउँपालिकाले आफ्नो ८ औ गाउँसभामा उक्त कामहरुको बारेमा सार्वजनिक गरेको हो ।

गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले सार्वजनिक गर्नुभएको कृषि तथा पशु सेवाका कामहरुले खजुरालाइृ कृषिको बाण्ड बनाउन मदत पुगाउने विस्वास लिइएको छ । प्रस्तुत गरेका कामहरुमा कृषि तर्फ कृषि मेसिनरी औजारमा मिनि पावर टिलर १०४ जना किसान तथा सहकारीलाई वितरण गरिएको, साना सिचाई अन्तरर्गत १०४ जना किसानलाई मोटर, समरसेल पम्प र सिचाईका लागी डेलिभरी पाइप वितरण गर्ने कार्य स्विकृत गरिसकेको र केहि दिनमै वितरण गर्ने कार्य सुरु हुने जनाइएको छ ।

त्यस्तै पशु विकास तर्फ वडा नम्बर १मा बाख्रा पकेट विकास कार्यक्रम, वडा नम्बर २मा भैसि पकेट विकास कार्यक्रम, वडा नम्बर ३ मा गाई व्लग तथा बंगुर पकेट विकास कार्यक्रम, वडा नम्बर ४ मा कुखुरा र माछा पकेट विकास कार्यक्रम, वडा नम्बर ५ मा भकारो सुधार पकेट विकास कार्यक्रम, वडा नम्बर ६ मा गाई पकेट विकास कार्यक्रम, वडा नम्बर ७ मा कुखुरा र माछा पकेट विकास कार्यक्रम र वडा नम्बर ८ मा परजिवी नियन्त्रण शिविर सन्चालन गर्ने कार्यक्रम भैरहेको गाउँपालिकाले जनाएको छ ।

पशु विकास तर्फ हालसम्मको प्रथम चौमासिकमा निशुल्क गर्भाधान ३७४, मेडिकल उपचार २५६० संख्या, गाइने क्लोजिकल उपचार ४१, पशुमा बन्ध्याकरण २४९, पोष्टमार्टम ४, खोप सेवा २६८ रहेका छन । गाउँपालिकाले हिउँदे घाँसको विउ १ हजार किलो वितरण गरेको, बोयर क्रस बोका ५ वटा विरण गरेको, कुखुराको चल्ला ९ सय वटा वितरण गरेको जानकारी गाउँपालिकाका प्रमुख कक्षपतिले दिनुभयो ।

कुखुरा पालन समुह, गाईपालन समुह, बंगुर पालन समुह गठन गरि २ दिने तालिम समेत प्रदान गरिसकिएको छ । खजुरा गाउँपालिकाले कृषि क्षेत्रको व्यवसायिकरण र आधुनिकिकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउदै बहुआयामिक कृषि क्षेत्रको विकासको निति लिने उल्लेख गरेको छ ।

प्रतिक्रिया