बढ्यो सुनको मूल्य, कारोबार कतिमा हुँदै छ ?

काठमाडौ । फेरी सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार र बुधबार दुई दिनमा ७ सय रुपैयाले सुनको मुल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ६ सयले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मुल्य २० रुपैयाले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य ८०० ले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८ सयले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ४० रुपैंयाले घटेर १२३० रुपैयाँमा कारोबार भएको थियो । आइतबार छापावाल सुनको मूल्य तोलामा २३ सय रुपैयाँले घटेर तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य पनि २३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदी तोलामा ६० रुपैयाँ घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल १ सय रुपैयाँले घटेर तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सातोको अन्तिम दिन तोजबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया