जाजरकोटमा किसानकालागी कृषि बिमा सम्बन्धि तालिम संचालन

जाजरकोट कृषि बिमा सम्बन्धि तालिम संचालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुन्तला तथा मौरी जोन कार्यान्वयन इकाई द्वारा कृषि बिमा सहजकर्ता श्रोत ब्यक्ति बिकास सम्बन्धि ३ सम्म तालिम संचालन गरियको हो ।

परियोजनाले जाजरकोट जिल्लाका सात वटा स्थानीयका कृषि प्राबिधिक तथा अगुवा कृषकलाई दुई चरणमा गरि ३ दिने तालिम सम्पन्न गरेको छ । तालिममा कृषि बिमा सम्बन्धि स्थानीय तहबाट २५ जना कृषकको सहभागिता रहेको परियोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए । तीन दिन सम्म संचालित तालिममा बरिस्ठ कृषि अर्थ बिज्ञ राजेन्द्र प्रधान तथा बिमा समितिका निर्देशक सुशील देव सुवेदी बाट प्रशिक्षण गरिएको थियो ।

तालिममा कृषि बिमा भनेको के हो र यसका फाइदा तथा कसरी कृषि गर्न सकिन्छ भन्ने बारेमा सहभागिलाई सक्षम बनाउन सहयोग पुगेको छ । जाजरकोट जिल्लामा अहिले सम्म कृषि बिमा सम्बन्धि केहि पशुमा अनिवार्य बिमा मात्र बाहेक अन्य कुनै कृषि बिमाको थालनी भएको छैन । जाजरकोट जिल्लामा बर्सेनि असिना , बाढी , पहिरो , हिउँ , तुसारो बाट बाली नाली तथा पशु चौपाया क्षेती भैरहेको छ ।

त्यसलाई केहि सम्म आर्थिक हिसाबले हुने नोक्सानी लाई कम गर्न यस तालिमले मदत पुग्नेछ र गाउँ गाउँमा कृषि बिमा सम्बन्धि जनचेतना पनि फलिन्छ भन्ने बिस्वास लिइएको छ । बिमा गरेको बाली वा पशुपन्छी आगलागी , हिउँ , बाढी पहिरो , असिनाको कारणले क्षेती भएमा बिमा कम्पनी ले त्यसको ९० प्रतिशत रकम दिने भएकोले यसबाट कृषकलाई ठुलो राहत पुग्ने देखिन्छ । हाल नेपाल सरकार कृषकले तिर्ने बिमा शुल्कको ७५ प्रतिशत रकम नेपाल सरकारले ब्यहोने गरेको कुरा तालिममा सहभागी कुशे गाउँपालिक कृषि प्राबिधिक धिरेन्द्र बस्नेतले बताएका छन ।

थोरै रुपैया तिरेर आफुले गरेको व्यावसाय नोक्सानी भएमा त्यो बस्तु बेच्दा वा लाग्ने खर्च बराबरको रकम बिमा गरेको कम्पनी बाट पाउने भए पछि कृषकको क्षेती कम हुने कृषि ब्यबसायबाट घाटा लाई पुर्ती गर्ने काम यो बिमाले गर्ने कृषि प्राबधिक बस्नेतले बताए । तालिममा ५० जना सहभागीले भाग लिएका थिए ।

प्रतिक्रिया