काठमाडौँ : युट्युबको नयाँ फिचर लन्च हुँदै छ र यस फिचर अन्तर्गत युट्युबमा सिधा प्रोडक्ट पनि खरिद गर्न मिल्नेछ । जब युट्युबमा कुनै प्रोडक्टको विज्ञापन देखिन्छ तब त्यहाँबाट सिधा लिंकमा क्लिक गरेर उक्त प्रोडक्ट खरिद गर्न सकिनेछ ।
यससंगै सर्च गरेर पनि प्रोडक्ट किन्न सकिनेछ र अहिले यस सिस्टमको परिक्षण भइरहेको छ ।युट्युबले यस नयाँ फिचरलाई परिक्षणको लागि अमेरिकाको केहि एन्ड्रोईड र आईओएस प्रयोगकर्तामा सेवा उपलब्ध गराएको छ ।
यसलाई छिट्टै सबैको लागि जारी गरिने कम्पनीले बताएको छ । नयाँ अपडेट पछि भिडियोमा शपिंगको आइकन पनि हुनेछ । युट्युबले यस फिचरको जानकारी गुगल सपोर्ट पेजको माध्यमबाट दिएको हो ।
गुगलको स्वामित्व रहेको युटुबको नयाँ अपडेटले प्रयोगकर्ता र सप्लायर्स दुवैलाई फाइदा मिल्नेछ ।भ्युअर्सलाई भिडियोको साथमा प्रोडक्टको पुरा लिस्टको सम्पूर्ण एक ब्याग आइकनको साथमा देखिनेछ र यो भिडियोको बायाँ पट्टि हुनेछ ।
प्रोडक्ट ब्याग आइकनको साथमा प्रोडक्टको बारेमा पनि पुरा जानकारी मिल्नेछ । यस भन्दा पहिला सन् २०२० अक्टोबरमा पनि क्रियटर्सहरुले प्रोडक्ट लिस्टिंगको बारेमा माग राखेका थिए । सबै प्रोडक्टको डाटा गूगल शपिंग टुल र एनालिटिक्सको साथमा लिंक हुनेछ ।











