महेश क्षितिजको पहिलो कविता सङ्ग्रह ” एक्लो महारथी” आउदै

साहित्य विधा अन्तरगत समालोचक समीक्षा तथा कविताको क्षेत्रमा कलम चलाउदै आइरहेका महेश कार्की क्षितिजको पहिलो कविता सङ्ग्रह ” एक्लो महारथी” आउदोँ माघ १७ गते प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौं बाट विमोचन हुने भएको छ ।

एक दशक भन्दा लामो समय देखि साहित्य क्षेत्रमा लाग्नु भएका कार्की क्षितिजको दुईवटा समालोचनाका पुस्तकहरू प्रकाशन भइसकेका छन् । उहाँ हाल युनिग्लोब कलेज र Triton कलेजमा नेपाली साहित्य पढाउदै आईरहनु भएको छ । कवि, समालोचक महेश कार्की क्षितिजको जन्म भोजपुरमा भएको हो उहाँ हाल काठमाडौं बसोबास गर्दै आइरहनु भएको छ ।

साहित्य का हरेक क्षेत्रलाई उत्तिकै सम्मान गर्नु हुने साहित्य प्रेमी क्षितिजले विभिन्न माध्यम बाट आफ्नो कविता समिक्षा समालोचनाहरू पस्कदै आइरहनु भएको छ । उक्त पुस्तकको कभर डिजाइन प्रकेश सिन्धुलियले गर्नु भएको हो। भने, पुस्तक शिखा पव्लिकेशनले बजारमा ल्याएको हो । हाल उक्त पुस्तक काठमाडौं का पुस्तक पसलहरूमा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया