
नेपालगन्ज – कोशेबालि अनुसन्धान कार्यक्रम खजुरामा हिजो परेको दिनरातको पानिले क्षति पु¥याएको छ ।
हिजो १२६ मिलिमिटर भएको वर्षाले मसुरो लगाएत अन्य हिउदेबालिको परिक्षण र विउ उत्पादनमा प्रतिकुल असर पुगेको कोशेबालि अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र दराईले जानकारी दिनुभयो ।
पानिका कारण पुगेको असरले लक्ष्य अनुसारको प्रगति नहुने देखिएको संयोजक दराइले बताउनुभयो । विउ उत्पादनका लागी बनाइएको नर्शरीमा समेत ७० प्रतिशत नोक्सानि भएको र फेरी पानि परे पुरै क्षति हुने उहाँको भनाई छ ।
अनुसन्धान कार्यक्रममा विउ उत्पादन कार्यक्रमका लागी ४ हेक्टर भित्र ५० वटा व्याडहरु बनाई अनुसन्धान गरिएको छ । कोशेबालि कार्यक्रमले विशेषगरी दलहनमा चना, राजमा र मसुरोलाई प्राथमिकता दिएर अनुसन्धान गरिरहेको दर्राले जानकारी दिनुभयो ।
आज दिनभरी जमेको पानिलाई बाहिर फाल्ने कार्य भैरहेको र अव हुन सक्ने ढुसीको प्रभावलाई रोक्न प्रयास थालिएको उहाँले बताउनुभयो ।










