पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर दुई–दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको हो। 

बढेको मूल्य सोमबार रातिबाट लागू हुने निगमले प्रेस विज्ञप्ती मार्फत बताएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ।

निमगले डेढ महिनामा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य बढेर आएकाले मुल्य वृद्धि गरेको जनाकारी गराएको छ। डेढ महिना यता मुल्य वृद्धि भैरहे पनि नबढाएको र यो पटक भने बाध्य भएर बढाउन परेको जनाइएको छ।

petrol-mulya.jpg

प्रतिक्रिया