स्मार्ट कृषि गाउँ कार्यक्रमका सरोकारवालाहरु विच अन्तरक्रिया

नेपालगन्ज : कृषि ज्ञान केन्द्र बाँकेले स्मार्ट कृषि गाउँ कार्यक्रमका सरोकारवालाहरु विच अन्तरक्रिया गरेको छ । आज मंगलबार ज्ञान केन्द्र बाँकेको आयोजनामा गरिएको अन्तरक्रियामा बोल्नेहरुले किसानहरुले उत्पादन कृषि उपजलाई सहजै बजारिकरणको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले अध्यक्षता गर्नुभएको अन्तरक्रियामा स्मार्ट कृषि गाउँमा भैरहेको काम, भएका उपलव्धी, समस्या तथा समाधानका लागी अपनाउनु पर्ने उपाएका बारेमा चर्चा गरिएको थियो । नेपाल वेलहोप एग्री टेक प्रालिका प्रतिनिधि सुमन पौडेलले बाँकेमा उत्पादन भएको मकैले दाना कम्पनि सन्चालन गर्न नपुग्ने बताउनुभयो ।

उहाँले यहाँका किसानसगं मकै खरिद गरिरहेको बदाउदै मुल्यमा एकरुपता नहुँदा समस्या आउने गरेको उल्लेख गर्नुभएको छ । सहभागिले मकैमा किसानलाई आवश्यक पर्ने सेवा सुविधा सरकारले दिन पर्नेमा जोड दिएका थिए । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले मकै खेती गर्ने किसानका लागी कार्यालयले आवश्यक पर्ने सहयोग सहकार्य गरिरहेको भन्दै सहकारी मार्फत मकैलाई ग्रेडिङ मेसिन थप सहयोग गर्न सकिने बताउनुभयो ।

अन्तरक्रियामा बोल्ने अधिकास किसानहरुले उत्पादन गरिएका मकैहरु सरकारले खरिद गर्नुपर्ने माग राख्दै बजार व्यवस्थापनको जिम्मा पनि सरकारले सुनिश्चत गर्नुपर्ने उल्लेख गरेका थिए । मकै किसानका माग धेरै भएपनि अहिले तत्कालका लागी मुल्य निर्धारण नहुँनुनै प्रमुख समस्या बनेको सितापुर स्मार्ट कृषि गाउँका संयोजक लाल बहादुर खत्रिले बताउनुभयो । उहाँले लागत अनुसार मुल्य निर्धारण गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गर्नुभएको छ ।

बाँकेमा हिउँदे मकै बालि लगाउने बेला सुरु हुन लागेकाले घाटा बेहोर्न नपर्ने गरि बेलैमा मुल्य निर्धारणको सुनिश्चितता गरिदिन किसानहरुले आग्रह गरेका छन । अन्तरक्रिया कार्याक्रममा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत कफिल अहमद, सिमिट सिसा परियोजनाका प्रावधिक संयोजक अनिल चन्द्र नेउपाने, कृषि अनुन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुरा बाँकेका बैज्ञानिक रामदास चौधरी, कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मनोज कुमार सिंह, कृषि अधिकृत दिनेश प्रसाद भट्टराई, स्मार्ट कृषि गाउँहरुका प्रतिनिधि, कृषि सहकारीका प्रतिनिधि, विमा कम्पनि, किसानहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया