नेपाल सांस्कृतिक पत्रकार समाज तदर्थ समिति गठन भएको छ । विभिन्न सञ्चार माध्यममा सांस्कृतिक विषयमा कलम चलाइरहेका सञ्चारकर्मीको भेलाबाट सो समिति गठन भएको हो । समितिको संयोजकमा कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपाने चयन भएका छन् ।
समितिमा राससका पूर्णप्रसाद मिश्र, रेडियो नेपालका अच्युत अर्याल, नेपाल टेलिभिजनका राजेन्द्रराज तिमल्सिना, कान्तिपुर एफएमका अच्युत सुवेदी, गौरी मासिकका अर्जुन लामिछाने, शुभारम्भ मासिकका दिनेश सिम्पाने पोखरेल, साप्ताहिक विमर्शका जयराम सापकोटा, छयोर्तेन मासिकका अमित लामा, पूर्णिमा दर्शन मासिकका विदुर सापकोटा, स्वतन्त्रता पत्रकार पदम श्रेष्ठ, इ–कागजकी सुनिता साखकर्मी, काठमाडौँ प्रेसकी सरिसा अछामी र खबर हबकी सविना कार्की सदस्य रहेका छन् ।
भेलाले तदर्थ समितिलाई विधान तर्जुमा गरी विधिवत् रुपमा संस्था सरकारी निकायमा दर्ता गर्नका लागि ६ महिनाको समय दिएको छ । संस्कृति, सम्पदा, पुरातत्वका विषयमा कलम चलाउने सञ्चारकर्मीको हकहितका लागि सो संस्थाले योगदान गर्ने समितिका सदस्य पूर्ण मिश्रले जानकारी दिए ।









