
कथा ‘सुनौ र सुनाऔ अभियान अन्तर्गत आज चौधौ शृंखला नेपालगन्जमा गरीएको छ । साहित्यकार कल्पना खरेलको संयोजनमा उहाँकै निवासमा कथा वाचन तथा समिक्षा कार्यक्रम गरीएको हो ।
बरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आथित्यमा भएको कार्यक्रममा साहित्यकारहरुले सामाजिक, विज्ञान, मनोविज्ञान लगायत समसामयिक विषयमा कथा सुनाएका थिए । अभियान अन्तर्गत आगामी दिनमा बाँकेका कथाकारहरुको कथा संकलन गरी कथाकृति प्रकाशनको तयारी भइरहेको वरिष्ठ साहित्यकार सनत रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा साहित्यकार गणेश जिसि, किरण आचार्य, शशिराम कार्कि, रिचा लुइटेल, शुक्रऋषि चौलागाईं, गणेशा कार्कि लगायतकाले कथा सुनाउनुभएको थियो । अब अर्को शृंखला फागुन महिनामा सन्चालन हुने जनाएको छ ।