नेपालगंज : प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध नेपालगंजमा नेकपा बाँकेले बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ |
बाँकेको कोहलपुरबाट सुरु भएको मोटरसाइकल र्यालीमा बाँकेका नेकपाका नेता तथा कार्यकर्ता र राष्ट्रीय युवा संघ बाँके नेता-कार्कोयकर्ताको ठुलो सहभागिता रहेको थियो |
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समुहले आज देशभर नै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गर्ने योजना अनुसार बाँके संगै आज देश भर प्रदर्शन गरिएको छ | तस्बिरमा हेर्नुस बाँकेमा नेकपाले गरेको बृहत मोटरसाइकल र्याली















