
नेपालगन्ज- नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको १३औं साधारणसभा शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष शालिक सुवेदीको अध्यक्षता एवम् महासंघका केन्द्रिय अध्यक्ष मनहरि बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटनमा उपाध्यक्ष मन्दिरा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटन सत्रमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य बुद्धि प्रसाद अधिकारी, हेमराज पौडेल, प्रदेश ५ का अध्यक्ष वसन्त लामिछाने, उपाध्यक्ष चन्द्रमणि पौडेल, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड नेपालगन्जमा क्षेत्रीय प्रवन्धक रविन शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।











