कंचनपुरमा २५ लाख लगानीमा “द रिभर साइड रेष्टुरेन्ट एण्ड बार” संचालन

कंचनपुर : पछिल्लो समय युवाहरूको ध्यान विदेश भन्दा नेपालमै केही गर्नुपर्छ भन्ने तर्फ केन्द्रित भइरहेको छ। धेरै युवाहरुले त लकडाउनको समयमा आफ्नै व्यापर व्यवसाय पनि सुरु गरेका छन् ।

यसैबीच, कंचनपुरका २ युवाहरूले पनि मिलेर रेष्टुरेन्ट व्यवसाय सुरु गरेका छन्। नरेश महरा र जीवन महराले संयुक्तरुपमा कंचनपुरको बाणीमा “द रिभर साइड रेष्टुरेन्ट एण्ड बार” शुक्रबारबाट संचालनमा ल्याएका हुन् ।

स्वदेशमै केही गरौं भन्ने उद्देश्यमा साथ करिब २५ लाख लगानीमा रेष्टुरेन्ट व्यवसाय सुरु गरेको उनीहरुले बताए। शान्त वातावरण , सफा अनि स्वादिष्ट खानाहरुको साथै ठूलो सभा हल एवम् बाँस बस्न उचित सुबिधा रेष्टुरेन्टमा रहेको संचालक टिमले जनाएको छ।

साथै ट्राभलको लागि गाडीको व्यवस्था सहित खाना तथा परिकारको होम डेलिभरीको सुबिधा रहेको बताइएको छ।

प्रतिक्रिया