नेपालगन्ज : कोरोना संक्रमणको जोखिम र त्यसको रोकथामका लागि सरकारले गरेको लकडाउन संगै बन्द रहेको नेपाल भारत सिमानाका आधिकारिक रुपमा खुलेको घोषणा नभए पनि देशभर नै नेपाल भारत सिमानाका खुल्ला रहेका छन् ।
घरायसी सामान, खाद्यान्न तथा लत्ताकपडा लगायतका सामान खरिदका लागि सिमानाका आसपासका नेपालीहरु भारतिय सिमावर्ती बजार रुपैडियामा नै पुग्ने अवस्था लकडाउन संगै रोकिएको थियो । तर कोरोनाको कहर न्यून भए संगै नेपालगन्जको बजार समेत सुस्ताएको छ ।
भारतिय बजार रुपैडिया पुगेर खरिदारी गर्ने प्रचलनका कारण नेपालगन्ज बजार पुनः सुस्ताउदै गएको नेपालगन्ज वडा नम्बर दुइका कपडा ब्यवसायी हरि बहादुर मगर बताउछन् ।

चहलपहल हेर्दा कोरोना कहर सकिए जस्तै छ त्यसैले यता मान्छेहरु सानात्ज्ना सामान खरिद गर्न समेत रुपैडिया नै जान थालिसकेका छन् , त्यसैले नेपालगन्जको बजार लगभग सुस्ताउन थालेको छ , उनले बताए ।
नेपालगंजको नेपाल-भारत सिमानाका जमुनाहा हुदै किनमेलका लागी भारतीय बजार रुपैडियामा जानेहरुको संख्यामा बिस्तारै बृद्दी हुँदै गए संगै नेपाली बजार सुस्ताएको छ भने लामोसमय सम्म चलाहपहल नभएको भारतीय बजार रुपैडियामा हाल चलाहपहल तथा कारोबारमा समेत बृद्दी भएको छ ।
नेपालीहरु खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामाग्रीहरु खरिदका लागि रुपैडिया जाने क्रम बढे संगै नेपालि बजार नेपालगन्जमा कारोबार न्युन हुदै गरेको छ ।
भारतीय सुरक्षाकर्मिले पैदल मात्रै भारत प्रवेशको गर्न दिने हुँदा नेपालीहरु जमुनाहमै आफ्नो सवारीसाधन राखेर भारततर्फ खरिदारिको लागि जाने गरेका छन् । नेपालतर्फ जमुनामा शनिबार दिउसो करिब हजार बढिको संख्यामा मोटरसाइकल पार्किङ गरिएको थियो ।












