नेपालगन्ज : नेपालगन्जको मुटु पासाङल्यामु मार्ग निर्माण सुरु भएको करिब दुई बर्षसम्म पनि अलपत्रै छ । सडक हिलाम्मे छ । सवारीसाधन साधन मात्रै होईन पैदलयात्री समेतलाई आवतजावतमा समस्या भैरहेको छ ।
ठेकेदारको उदासिनता र ढिलासुस्तीका कारण उक्त सडक दुई बर्षसमम पनि पुरा हुन नसकेको स्थानीय बताउँछन । स्थानीयका अनुसार उक्त सडक तत्काल निर्काण गरी कलोपत्रेका लागि उपमहानगरपालिका समेत मौन देखिएको छ ।
करिब एक बर्ष सम्म नेपालगन्ज सुर्खेत रोड ( बिटिएस) चोक देखि टाङ्गा स्टेसन सम्म पुग्ने उक्त सडक पैदलयात्रीको लागि समेत आवतजावतमा समस्या उत्पन्न भएको थियो । हाल सुर्खेत रोड देखि नेकपा पार्टी कार्यालय देखि केही अगाडी सम्म सडक हिड्न लायक बनेपनी त्यसपछी हिड्न नसकिने अवस्थामा रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले समयमै चासो र सक्रियता नदेखाउनाले र उक्त सडक तथा नाला निर्माणका लागि स्थानियले स्थान नदिएकाले निर्माणमा ढिलाइ भएको एक स्थानिय बताउछन् ।
नेपालगन्ज वडा नम्बर ११ मा पर्ने उक्त सडक बिस्तारका क्रममा भत्काउनु पर्ने भौतिक संरचनाहरु भत्काउन वडाले समन्वय नगर्दा र उल्लेख चासो नदेखाउदा उक्त सडक निर्माणको कार्यमा ढिलाई भएको हो ।
लामो समय सम्म सडक नबन्नाले त्यस सडकमा रहेका ब्यवसायिक प्रतिस्ठान र ब्यापार लामो समय बन्द गर्नु परेको भन्दै निर्माणमा ढिलाई हुँदा आफ्नो ब्यवसाय नै चौपट बन्दा समेत उपमहानगरपालिकाले चासो नदिएको भन्दै रोष्ट प्रकट गरेका छन् ।











