बाँकेका दुग्ध व्यवसायिहरुसगं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उत्पादन प्रतिफलमा आधारित किसान सहयोग कार्यक्रमका बारेमा अन्तरक्रिया गरेको छ ।
खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी सस्थाको आयोजनामा सोमबार जिल्लामा रहेका दुग्ध व्यवसायि र विज्ञ केन्द्रका विचमा अन्तरक्रिया गरेको हो । सस्थाका अध्यक्ष टेक बहादुर कार्किको अध्यक्षतामा भएको अन्तरक्रियामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले उत्पादनमा आधारित अनुदान सहयोग कार्यक्रम सहकारी मार्फत किसानले पाउने हुदाँ यो मुख्यतया किसान लक्षित कार्याक्रम रहेको बताउनुभयो ।
गत आर्थिक वर्षमा सहकारीमा आवद्ध किसानहरुलाई मात्र उत्पादनमा आधारित अनुदान सहयोग कार्यक्रम रहेको भएपनि अहिले यस आर्थिक वर्षमा निजि दुग्ध डेरिले पनि उक्त सेवा प्राप्त गर्न सक्ने विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले बताउनुभयो । अहिले निजि डेरीले पनि अनुदानका कार्यक्रममा भाग लिन पाउने तर त्यसको लागी मासिक ७ हजार लिटर दुधको कारोबार गरेको हुनपर्ने विज्ञ केन्द्रले जनाएको छ ।
उत्पादनका आधारित अनुदान सहयोग पाउने सहकारी तथा निजि डेरीले बार्षिक रुपमा २० प्रतिशत उत्पादन बढाउन पर्ने कार्यविधिमा उल्लेख गरेको विज्ञ केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । अन्तरक्रियामा उपस्थित व्यवसायिहरुले उत्पादन प्रतिफलमा आधारित किसान सहयोग अनुदान कार्यक्रममा सहभागि हुने र किसानहरुलाई कृषि कर्ममा लाग्न थप मदत पुग्ने विस्वास लिएको बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला दुग्ध व्यवसायि सघंका अध्यक्ष बदरुदिन अन्सारी, शुद्ध गोरस सहकारी सस्था लिमिटेडका अध्यक्ष टेकराज जैसि, आचार्य डेरी उद्योगका दुर्गालाल आचार्य, कुसल मंगल डेरी उद्योगका कुसल न्यौपाने, बागेश्वरी डेरी उद्योगका हरि पौडेल, जनता दुग्ध उत्पादक सहकारीका व्यवस्थापक गौरव सापकोटा, कृषि पत्रकार खगेन्द्र दाहाल लगाएतको सहभागिता रहेको थियो ।










