बाँकेमा बुधवार कोरोना बिरुद्धको भ्याक्सिन दिइने, पहिलो चरणमा भेरीका ४५० ले खोप लगाउने

नेपालगन्ज : बाँकेमा बुधबार देखि कोरोना बिरुद्धको खोप लगाइने भएको छ । बाँकेमा पहिलो चरणमा बुधवार देखी भेरी अस्पतालमा कार्यरत चार सय ५० जनालाई कोरानो विरुद्धको खोप दिइने भएको छ ।

पहिलो चरणमा भेरी अस्पतालमा कार्यरत चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई बुधवार खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक धिरजंग शाहले जानकारी दिए । उनले खोप अभियान विहान १० बजेबाट सुरु हुने बताए ।

बाँकेमा कोरोना विरुद्धका खोप १७ हजार मात्रा आएको उनले बताए । आएको खोपले आठ हजारलाई पुग्ने उनका भनाई छ । १०–१५ प्रतिशत खोप खेर जान उनले बताए । ‘एक मात्रा खोप दुई पटक लगाउनु पर्ने भएकोले पहिलो चरणमा आठ हजार र दोस्रो चरणमा आठ हजारलाई लगाउनु पर्ने हुन्छ,’ उनले भने ।

उनका अनुसार, पहिलो चरणमा अग्रपंतीमा खटिने स्वास्थ्य कार्यालयका कर्मचारी, एम्बुलेन्स चालक, महिला स्वयम्सेविका र शब ब्यवस्थापनमा खटिने नेपाली सेनालाई खोप दिइने भएको छ । उनले भेरी अस्पताललाई खोप केन्द्र तोकिएको बताए । खोप लगाउनका लागि पालिकाका लागि फरक–फरक समय छुट्याइएको बरिष्ठ जनस्वास्थ्य प्रशासक शाहले बताए । ‘पालिकामा कार्यरत स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकले तोकिएको समयमा भेरी अस्पतालमा आएर खोप लगाउनु पर्ने छ,’ उनले भने, जो जो आउँछ लगाउन पाउने छ,’ उनले भने । नआउनेलाई आउनु करकाप नगरिने उनले स्पष्ट पारे ।

खोप अभियान संचालनका लागि खोप कार्यकर्तालाई तालिम दिइएको बताउँदै उनले खोप संचालनको तयारी पूरा भइसकेको जानकारी दिए ।

प्रतिक्रिया