सडक दुर्घटनामा एकै परिवारका आठ जनाको मृत्यु

भारतको राजस्थानस्थित टोंक जिल्लाको सदर थाना क्षेत्रमा मंगलवार राती सडक दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

ट्रेलर र जीप एक आपसमा ठोक्किँदा मध्यप्रदेशमा बस्ने एकै परिवारका ८ जनाको मृत्यु भएको हो ।

चार जना घाईते भएका छन् भने एक तीन वर्षीया बालिका सुरक्षित रहेको बताइएको छ ।

घाइतेको उपचार भइरहेको छ । मृतकमा चार पुरुष, दुई महिला र दुई बच्चा रहेका छन् ।

उनीहरु खाटू श्यामजीको दर्शन गरेर घर फर्किंदै थिए ।

प्रतिक्रिया