जानकीमा मन्त्री ज्ञवाली, लगत संकलन इकाईको उद्घाटन

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा बुधबार नेपाल सरकारको परराष्ट्र मन्त्री प्रदिप ज्ञावाली पुगेका छन् ।

मन्त्री ज्ञवाली भुमी सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई उद्घाटनको लागी त्यहाँ पुगेका हुन् ।

मन्त्री ज्ञवालीले जानकी गाउँपालिका अन्तरगत भुमी सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई उद्घाटन गर्दै अब कोहि पनि भुमिहिन भएर बस्नु नपर्ने बताएका थिए ।

कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया