आइटी र प्रविधिको क्षेत्रमा महिलाको आकर्षण बढ्दो

नेपालगन्ज : सूचना प्रविधिले विश्‍वभर छलाङ मारिरहँदा नेपाली महिलाले आफूलाई निखार्दै यस क्षेत्रमा सफल मात्र होइन, अब्बल नै साबित गरिरहेका छन्।

चाहे त्यो बैंक, वित्तीय क्षेत्रमा होस वा सफ्टवेयर कम्पनी अथवा विज्ञान प्रविधिको परिप्रेक्ष्‍यमा होस । प्रविधिको पहुँच र प्रयोगलाई नजिकबाट नियालेर मानिसको दैनिक जीवनमा सहजता ल्याउनमा उनीहरुले अहम भूमिका खेलेका छन्। प्रविधिमा विकसित पुरानादेखि नयाँ आयाम र उपलब्धिहरुलाई परिवार, समाज अनि राष्ट्रलाई हित हुने गरी कसैले आफ्नो जीवन नै प्रविधिमा समर्पण गरेका छन् भने कोहीले विज्ञान प्रविधिलाई पछ‍्याएर नयाँ पुस्तामा ज्ञान,चेतना र अनुभव बाँडिरहेका छन्।

यसरी संसार भरीका महिलाले आई. टी र प्रविधिको क्षेत्रमा प्रगती गरिरहदा हाम्रो सहर नेपालगंजमा पनि यस क्षेत्रमा उत्साहजनक सक्रियता रहेको पाइयो।

विगतका बर्ष भन्दा २/३ बर्ष यता महिलाहरु कम्प्युटरको आधारभूत तालिम लिने देखि लिएर ठुलाठुला संघ- संस्थामा काम गर्न सक्ने महिला नेपालगन्जमा रहेको पाइयो। कार्य गर्न अफिस जानु नपर्ने, आफ्नो समयको सुलभता बमोजिम काम गर्न पाइने, अनावश्यक शारीरिक परिश्रम बिना ठुलाठुला काम हुने जस्ता बिशेषताका कारण महिलाअरु यस क्षेत्रमा आकर्षित भएको पाइएको छ ।

आइटि को क्षेत्रमा काम गर्न मात्र नभई नेपालगंज सहरमा यस क्षेत्र संग सम्बन्धित बिषयमा अध्यन गर्न पनि उत्तिकै छात्राहरु उत्साहित रहेको पाइएको छ ।

यस क्षेत्रमा बिगत ७/८ वर्ष देखी BSc.CSIT र BCA जस्ता प्राबिधिक शिक्षा अध्यन गराउदै आएको नेपालगंज क्याम्पसका प्रमुख निशान्त शाक्यका अनुसार बिगत २/३ बर्ष देखी छात्रा हरुको उल्लेखनीय सहभागिता रहेको पाइन्छ। शाक्यले थप्दै भन्नु भयो ” हामि कहा बिगत २/३ वर्ष देखी छात्राहरुको उल्लेखनीय सहभागिता रहेको । आफ्नो अध्यन सकेर गएका छात्राहरु पनि राम्रो ठाउ काम गरी अब्बल बन्न सफल भएका छन् भने पढिरहेका छात्रा हरु पनि Women In IT र Girls In Tech जस्ता बिभिन्न संस्थामा सहभागी भै महिला सशक्तिकरणको अभियानमा सहभागी भएका छन।”

यसरी दिनानुदिन महिलाहरु प्रविधिको क्षेत्रमा सहभागी हुदा बास्तबमै महिला सशक्तिकरण सम्भव हुन सक्ने छ ।

प्रतिक्रिया