ठाकुरद्वारको प्रवर्धनमा साइकल अभियन्ता

नेपालगन्जमा साइक्लिङ्गमा रुचि राख्नेहरु र साइकल अभियानमा सक्रियहरु एकजुट भएर २०७४ सालमा बिधिवत रूपमा नेपालगन्ज साइक्लिङ्ग क्लबको गठन भयो । यही क्लब र क्लबमा आबद्ध साइक्लिस्टहरु मार्फत नेपालगन्जमा साइकल कल्चर बढ्दै गएको छ । भने साइकल अभियन्ताहरु साइकल मैत्री शहर निर्माणको अभियानमा समेत कृयासिल हुदै गएका छन् ।

नेपालगन्जका साइकल अभियानमा कृयासिल सस्था नेपालगन्ज साइक्लिङ्ग क्लबले २०७५ सालबाट नियमित रूपमा रास्ट्रिय स्तरको साइक्लिङ्ग इभेन्ट ‘टुर दि ठाकुरद्वार’ को आयोजना गर्दै आएको छ । जसको प्रमुख उदेश्य भनेको साइकल मार्फत पर्यटन प्रवर्धन नै रहेको छ ।

नेपालगन्ज शहर घुमाउने र बर्दिया जिल्लामा रहेको लुम्बिनी प्रदेश कै प्रमुख पर्यटकीय ठाकुरबाबा मन्दिर र बर्दिया रास्ट्रिय निकुञ्जको भ्रमण गराएर पर्यटनलाई बढावा दिन यो अभियान कोशेढुङ्गा साबित हुँदै गएको छ।

कार्यक्रम मार्फत पहिलो बर्ष २०७५ मा ५० जना बढी र दोश्रो बर्ष २०७६ मा १२५ भन्दा बढिले सहभागिता जनाएका थिए भने यसबर्ष २०७७ माघ २३ र २४ मा आयोजना हुन गइरहेको कार्यक्रममा २ सय बढीको सहभागिताको अपेक्षा गरिएको छ। कार्यक्रममा नेपालका सबै प्रमुख शहर र भारतका विभिन्न शहरहरुबाट सहभागीहरुले यसबर्ष सहभागिताका लागि इन्क्वाइरी गरिरहेका छन् ।

टुर दि ठाकुरद्वारले नेपालका सबै शहर र भारतीय शहरहरुमा समेत बाँके र बर्दियाका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार र पर्यटन प्रवर्धनमा टेवा पुर्याउने यस कार्यक्रममा प्रत्यक वर्ष बिश्व साइकल यात्री तथा कृतिमानी सगरमाथा आरोही पुष्कर शाहले निरन्तर सहभागिता जनाउदै आउनुभएको छ, भने मेचीमहाकाली साइकल यात्रा गरिसक्नु भएका दाङका रेशम केसि, बुटवलका एचबी बर्मा, ७७ जिल्ला साइकलबाट यात्रा गरिसकेका तेजप्रसाद पराजुली, एउटा मात्र खुट्टाबाट कैलाली देखि रारा सम्म को साइकल यात्रा गरिसकेका यमलाल रसाइली, अर्का एउटा मात्र खुट्टाले साइकल चलाउने स्वर्गीय युवक लामा, खप्तड लगायतको साहसिक यात्रा गरिसकेका धनगढीका भरत बिक्रम शाह र नेपालका झन्डै ५० बढी जिल्ला साइकल बाट यात्रा गरिसकेका ओम प्रकाश बानियाँले पनि सहभागिता जनाइसकेका छन् ।

दोश्रो ‘टुर दि ठाकुरद्वार’मा भारत नैनितालका शैलेन्द्र शाह र भारतीय सहर बरेलीका रभिन्दर सिह ओभराय र सन्जिभ जिन्दल( साइकल बाबा) ले सहभागिता जनाउनु भएको थियो।

प्रतिक्रिया