खाजा खर्च बचाएर आइपीओमा लगानी गर्दै एनएमसीका विद्यार्थीहरु, बनाए लाख पोर्टफोलियो

नेपालगन्ज : पछिल्लो समय इनिसियल पब्लिक अफरिङ (आइपीओ) मार्फत सेयरमा लगानी गर्नेको संख्या एकदमै बढ्दो छ। विद्यार्थीहरु देखि लिएर अन्य अधिकांश व्यक्तिहरु यस् आइपिओमा लगानी गर्न आकर्षित भएको पाएइको छ।

यसैबीच, व्यवस्थापन संकाय पढाइ हुने नेपालगन्जको “नेपालगन्ज मल्टिपल क्याम्पस” (एनएमसी ) मा अध्ययनरत विद्यार्थीहरु पनि आफ्नो खाजा खर्च बचाएर आइपिओमा लगानी गर्न सुरु गरेका छन् । एनएमसीको विविएस प्रथम वर्षमा अध्ययनरत विवस मल्ल र विनायक जङ्ग के.सीले त सेयरमा गरेको लगानी मार्फत राम्रो पोर्टफोलियो पनि बनाएका छन् ।

आफुले सेयरमा गरेका लगानीमा राम्रो पोर्टफोलियो बनेपछि उनीहरुले आफू मात्रै होइन अन्य आफ्ना सहपाठीहरुलाई पनि यसतर्फ लगानी गर्न सुझाउने गरेका छन् । धेरै लगानी गर्नुनपर्ने, सामान्य खाजा खर्च लगायत अन्य अनावश्यक खर्च करौती गर्दै सेयरमा लगानी गरेकाले कलेजको फि आफै तिर्न समेत सक्षम भएको उनीहरू बताउँछन् ।

उनीहरूले गत बिहीबार आइपिओ मार्फत सेयरमा कसरी लगानी गर्न सकिन्छ ? लगायत यस सम्बन्धि आफ्नो अनुभव अग्रज शिक्षकहरु अनि अन्य विद्यार्थी साथीहरु समक्ष बाँडेका थिए। एनएमसीका अध्यापक एकराज राणा र भुपेन्द्र बिसीले आइपीओ सम्बन्धि धेरै कुराहरू सिकाएको र एकदम प्रेरणा दिएका कारण आफुहरुले सेयरमा लगानी गरेको र अहिले राम्रो पोर्टफोलियो समेत बनाएको विद्यार्थी जंग केसीले बताए।

त्यस्तै, एनमसिकै विविएस तेस्रो वर्ष अध्यनरत छात्रा अस्मिता श्रेष्ठले पनि अहिले आफ्नो लाखौको पोर्ट्फोलियो भएको बताइन् । अस्मिताका अनुसार करिब ७ महिना अधि अनावश्यक खर्च कटाएर बचाएको ५ हजार रुपैयाँबाट सेयरमा गरेको लगानीबाट अहिले २ लाख बढी पोर्टफोलियो भएको छ। अस्मिताको मात्रै होइन, उनको परिवारले समेत आइपीओमा लगानी गरेर राम्रै मुल्यको पोर्टफोलियो बनाएको छ।

एनएमसी एकेडेमीक मात्रै नभएर व्यवहारिक शिक्षा प्रदान गर्दै आएको नेपालगन्जको उत्कृष्ट कलेज हो। जुन कलेजले विविएस तर्फ हरेक वर्ष राम्रो नतिजा समेत ल्याउने गरेको छ।

प्रतिक्रिया