कृषि अनुसन्धानले नयाँ योजना बनाउदै

खजुरा : नेपाल कृषि अनुसन्धान परिषदले आर्थिक वर्ष २०७८÷०७९ को योजना तथा बजेट तर्जुमा गर्न बाँकेको खजुरामा गोष्ठि सुरु गरेको छ । कृषिमा नयाँ योजनाका साथ अनुसन्धानका कार्यक्रमहरु ल्याउने गरि तर्जुमा गोष्ठिको आयोजना गरिएको हो ।

कृषि अनुसन्धान निर्देशनालय खजुराको आयोजनामा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागितामा योजना तर्जुमा गोष्ठि सुरु छ । चार दिन सम्म चल्ने गोष्ठिमा कृषि अनुसन्धानले कस्तो बाटो तय गर्ने भन्नेमा निस्कर्ष निकालिने निर्देशनालयले जनाएको छ । कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेका निर्देशक अमर बहादुर पुन मगरको अध्यक्षतामा भएको गोष्ठिमा तिन वटै प्रदेशमा हुने कृषि अनुसन्धानात्मक नयाँ कार्यक्रमका बारेमा छुट्टा छुट्टै प्रस्तुति हुने र उक्त कार्यक्रमहरुका बारेमा छलफल गरि अन्तिम रिभ्यु गरिने जनाइएको छ ।

गोष्ठिमा प्रस्तुत गरिएका कार्याक्रमहरु मनासिब नलागेका क्यान्सिल समेत गर्न सकिने नेपाल कृषि अनुसन्धान परिषद योजना महाशाखाका प्रमुख डा. टिका बहादुर कार्किले गोष्ठिको उदेश्यका बारेमा बताउदै यस्तो बतायनुभएको हो । उहाँले परियोजनाका योजनाहरु प्रस्तुत गर्दा कृषि अनुसन्धानका कार्यक्रमहरुलाई विशेष जोड दिन उल्लेख गर्नुभयो । कृषि अनुसन्धान सगै उत्पादनका कार्यहरु गर्ने गरि कृषि यान्त्रीकरणलाई समावेस गर्न डा. कार्किले अनुरोध गर्नुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद बालि तथा बागवानि काठमाडौका निर्देशक राम बहादुर केसीको प्रमुख आतिथ्यमा भएको गोष्ठिमा राष्ट्रिय वागवानी अनुसन्धान केन्द्र खुमलटारका प्रमुख डा.इश्वरी प्रसाद गौतम, नेपाल कृषि अनुसन्धान परिषदका परिषद सदस्य गोविन्द केसी, पुर्व निर्देशक डा. यज्ञ प्रसाद गिरि लगाएत तिन वटा प्रदेशमा रहेका कृषि अनुसन्धान कार्यक्रम तथा निर्देशनालयका प्रमुख तथा कृषि बैज्ञानिक, प्राबिधिकहरुको उपस्थिति रहेको कृषि अनुसन्धान निर्देशनालय खजुराका प्राबिधिक अधिकृत रबिन गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया