नेपालगन्ज – “गुणस्तरीय नर्सिङ सेवा, जेष्ठ नागरिकको स्वास्थ्यमा टेवा” भन्ने मुल नाराका साथ आज बाँकेमा ५८ औं नर्सिङ दिवस भब्य रुपमा मनाएका छन् ।
नेपाल नर्सिङ संघ बाँकेको आयोजनामा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको लेक्चर हलमा सयौंको सङ्ख्यामा नर्सिङ कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले अहिले पनि नर्सिङ पेसामा चुनौती भएको र नेपाल सरकारले लागु गरेको न्युनतम पारिश्रमिक पनि नपाएको अवस्थामा सबै मिलेर लड्नु पर्ने बताएका थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी के- सी-, प्रमुख अतिथि प्राध्यापक डा- तारा शाह, बिशिस्ट अतिथिमा भेरि अस्पताल कि नर्सिङ प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ , नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जकि मेट्रोन ममता शर्मा, कोहलपुर हस्पिटलकि मेट्रोन ललिता शर्मा, नर्सिङ क्याम्पस नेपालगन्ज , भेरी नर्सिङ कलेज लगायतका नर्सिङ प्रमुखहरु, जिफन्ट प्रदेश नं ५ महिला कमिटी उपाध्यक्ष रत्ना गिरी, जिफन्ट केन्द्रीय सदस्य अनिता थापा, नेपाल नर्सिङ संघ केन्द्रीय कमिटी सदस्य कोहिनुर फारुकी, जिफन्ट युवा कमिटी सदस्य शर्मिला थापा लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा भर्खरै सम्पन्न नेपाल नर्सिङ संघकी केन्द्रीय सदस्यमा नव निर्वाचित कोहिनुर फारुकीलाई सम्मान गरिएको थियोे ।
























