प्रतिभा साहित्य समाजको आयोजनामा आख्यानकार इन्द्रबहादुर भण्डारीको उपन्यास “देई” विमोचन

नेपालगन्ज : प्रतिभा साहित्य समाज खजुराकाे आयाेजनामा आख्यानकार ईन्द्रबहादुर भण्डारीकाे चाैथाे उपन्यास “देई” भव्य समाराेह बिच विमोचन गरिएको छ।

शनिबार नेपालगंजकाे स्वस्तिक कटेजमा प्रमुख अतिथी प्रज्ञा प्रतिष्ठान का पुर्व सदस्य सचिब एवम् बरिष्ठ कथाकार सनत रेग्मी द्वारा बिमाेचन गरिएकाे हो।

समाजका अध्यक्ष शिशिर सापकोटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालाेचक ईश्वरि प्रसाद रिजाल, पुष्कर नाथ रिजाल र मिना बरालले बिमाेचित उपन्यासकाे समालोचना र विमर्श गर्नुभएकाे थियाे।

प्राज्ञ एवम् भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिना, पुर्णिमा साहित्य समाज का अध्यक्ष कपिल अन्जान, बरिष्ठ साहित्यकार किरण आचार्य, महानन्द ढकाल, बाेधराज प्याकुरेल, हरि सुवेदी, प्रभात सुबेदि, ऋचा लुँईटेल, सुमित्रा न्याैपाने, सागर गैरे, ऋषिराम सापकाेटा, मित्रलाल सापकाेटा लगायतकाे अातित्यमा सम्पन्न कार्यक्रममा ६० जना भन्दा बढि साहित्य अनुरागीहरुकाे उपस्तिथी रहेकाे थियाे।

विमाेचित देई उपन्यास सांङ्ग्रिला प्रकाशन काठमाडौं द्वारा प्रकाशनमा अाएकाे हाे। कार्यक्रममा समाजकि उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तब्य राख्नुभएको थियाे भने कार्यक्रम सन्चालन समाजका सचिब जिबराज बमले गर्नुभएकाे थियाे।

प्रतिक्रिया