नेपालगंज : बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ को जि गाउँमा जन्मेका रेशम पुनको परिचय बैजनाथ वा बाँकेमा मात्रै सिमित रहेन |
२०५६ साल देखि तेक्वान्दो खेल्न सुरु गरेका रेशमको अहिले भने देशमा मात्रै नभएर अन्तराष्ट्रिय स्तरमै चर्चा चुलिएको छ |
सन् २०१८ मा नेपाल तेक्वान्दो संघबाट ब्ल्याक बेल्ट फिफ्थ डन प्राप्त गरेका पुनले सन् २०२० मा कोरियाबाट कुक्कीवन ब्ल्याक बेल्ट फिफ्थ डन प्राप्त गरिसकेका छन् |
विभिन्न कालखण्डमा राष्ट्रीय तथा अन्तराष्ट्रिय उपाधि जित्न सफल खेलाडीका रुपमा रहेका पुन राष्ट्रीय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताका निर्णयक समेत भैसकेका छन् |
१२ वर्ष लामो समयसम्म शैनिक आवाशीय महाविद्यालयमा तेक्वान्दो प्रशिक्षक समेत रहेका पुनले नेपालि सेनाका प्रधानसेनापतिको हातबाट उत्कृष्ट प्रशिक्षकको समेत उपाधि हात पारेका छन् |
लामो समयसम्म तेक्वान्दोको बिकासका लागि देश भित्रै प्रशिक्षक रहेर कार्य गरेका पुन हाल नेपालि सेनाबाट अवकाश लिई अस्ट्रेलियामा रहेको गोर्खाज तेक्वान्दो क्लब लगायत अन्य क्लबहरुमा प्रशिक्षकका रुपमा कार्य गर्दै आएका छन् |
खेलकुदकै माध्यमबाट देश तथा बिदेशमा नाम कमाउन सफल रहेका पुनले कोरोना कहरका बेला कोरियामा संचालित अनलाइन अन्तराष्ट्रिय निर्णायकको प्रशिक्षणको तालिम समेत पुरा गरिसकेका छन् |
हाल सलाई अमेरिकामा सम्पन्न भएको आइओएफसिटि भर्चुअल अनलाइन पुम्से कम्पिटिसन २०२० मा कास्य पदका समेत जितेका छन् भने नेपालमा संचालित प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा समेत आफ्नो सहभागिता जनाएका छन् |
कोटेश्वर तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, काभ्रेस्थली तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल र मोर्निङ ग्लोरी स्कुलको संयुक्त आयोजनामा प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिता मङ्गलवारदेखि कोटश्वर तेक्वान्दो डोजाङमा सुरु भएको थियो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबिच उद्घाटन गरेका थिए ।
हेर्नुस प्रतियोगितामा समावेश पुनको भिडियो











