करिश्मा मानन्धरकी छोरी कविता मानन्धर अर्को फिल्म खेल्दै

काठमाडौं : आफ्नो डेब्यू फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ सोचे जस्तो नभएपछि अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्रको अभिनयलाई निरन्तरता नै नदिने निर्णय गरेकी थिइन् । सरकारले सिनमो हल खोल्ने अनुमति दिए लगत्तै गत माघ १ गतेदेखि उक्त फिल्म प्रदर्शन भएको थियो ।

यद्यपि गलत समयको प्रदर्शनका कारण उक्त फिल्म हेर्न दर्शकहरु सिनेमा हलसम्म आएनन् । यीनै कारणले कविताको डेब्यू सोचे जस्तो भएन । यसैकारण उनी भविष्यमा फिल्ममा अभिनय नै नगर्ने योजनामा थिइन् । अहिले आएर उनले आफ्नी आमा करिश्मा मानन्धरले निर्माण गर्ने फिल्म ‘वनबास’ मा अभिनय गर्ने पक्का भएको छ ।

करिश्माले सम्झाएपछि नै कविता नयाँ फिल्ममा काम गर्न तयार भएको बताइन्छ । सुशील क्षेत्रीले निर्देशन गर्ने उक्त फिल्ममा कविता माननधर तथा सरोज खनालको भूमिका रहने निश्चित भैसकेको छ । चलचित्रको निर्देशन भने सुशिल क्षेत्रीले गर्दैछन् ।निर्मात्री करिश्मा मानन्धरले उक्त फिल्मको काम आगामी वैशाखदेखि प्रारम्भ हुने बताएकी छिन् ।

प्रतिक्रिया