बिमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल

काठमाडौं : सूर्यप्रसाद सिलवाल बिमा समितिको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई बिमा समिति अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

सिलवाल पूर्व सचिवसमेत हुन् । २०७० चैत्र २८ देखि ०७२ मंसिर ६सम्म उनी गृह सचिव थिए ।

प्रतिक्रिया