
बर्दिया – पछिल्लो समयमा आफ्नो जन्मदिनको अबसरमा आफ्ना आफन्त तथा साथिभाईलाई घरमा बोलाएर जन्मदिन मनाउने प्रचलन बढ्दै गएको बेला ठाकुरबाबा नगरपालिका ६ का एक युवाले भने आफ्नो जन्मदिनको अबसरमा खर्च हुने रकम बचाएर दुर्घटनामा परेका दिपेस चौधरीलाई सहयोग गरेका छन् ।
ठाकुरबाबा नगरपालिका ६ का बिकास केसिले आफ्नो जन्मदिनको अबसरमा ठाकुरबाबा नगरपालिका ६ कै १९ बर्षका दिपेस चौधरीलाई उपचार सहयोगार्थ नगद १० हजार रकम सहयोग गरेका हुन् ।
६ महिना अगाडि सुर्खेतमा बाईक दुर्घटना भएर स्पाइनर कडको समस्यामा हुनुभएका दिपेस चौधरीलाई उपचारमा थप केहि सहयोग मिलोस भनेर नगद १० हजार रकम सहयोग गरेको ठाकुरबाबा नगरपालिका ६ का बिकास केसिले बताए ।
जन्मदिनको अबसरमा आफन्त साथिभाईसंग मिलेर गरिने फजुल खर्चलाई नियन्त्रण गरि दुखि गरिबलाई सहयोग गर्नु राम्रो काम भएको र बिकासको कार्य एक उदाहरण भएको स्थानिय बासिन्दाहरुले बताएका छन् ।









