काठमाडौं : भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन गरेको हो ।
मन्त्रिपरिषद्कको बैठकले भूमि आयोग बाँकेको अध्यक्षमा शान्ति देवि ढकाल र विज्ञमा तेज कुमार धिताल र सदस्यमा गोपाल गिरिलाई चयन गरेको छ ।
आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ ।
आयोगका जिल्ला समितिको सूचीः











