नेपालगन्ज :

बाँकेका अग्रज पत्रकार, प्रेस स्वतन्त्रताका सेनानी पन्नालाल गुप्ताको आज स्वर्गारोहण भएको छ ।
उपचारका क्रममा केही बेर अघि शिक्षण अस्पताल नेपालगन्जमा ९२ बर्षीय गुप्तालाई ल्याउदा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।
सेनानी गुप्ताका छोरा, पूर्व नगरप्रमुख विजय कुमार गुप्ताले उपचारका क्रममा केही बेर अघि उहाँको निधन भएको पुष्टि गरे ।
केही बर्ष यता थलिंदै आएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि उनलाई निजका नाति डा- दिपेश गुप्ता लगायतको टोलीले अस्पताल लगेका थिए ।
नेपालगन्जको पत्रकारिता छुट्टै पहिचान बनाएका सेनानी गुप्ता किरण साप्ताहिकका सम्पादक रहेर काम गर्नु भएको थियोे ।
पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले एक दशकअघि सेनानीको उपाधी दिएको थियो ।










