बाँके प्रहरीको ठूलो सफलता: सहायक सुचक हत्यामा संलग्न अभियुक्त पक्राउ

नेपालगन्ज : राष्ट्रिय अनुसन्धानकाे बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको हत्यामा संलग्न सात जनालाई बाँके प्रहरी पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ  ।

बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरि मगरको हत्यामा संलग्न सात जनालाई पक्राउ गरि बुधवार सार्वजनिक गरिएकाे हाे ।

राष्ट्रिय अनुसन्धानकाे बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको माघ २ गते नेपालगञ्ज उप–महानगरपालिका १८ सुर्जीगाउँकाे राम सेवक खटिकको तोरीबारीमा हत्या गरिएको अवस्थामा शव भेटिएकाे थियो ।

बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार घटनामा संलग्न नेपालगञ्ज १८ लग्दहवाका २४ वर्षीय कर्की भनिने दिनेशकुमार कुर्मी (बर्मा), सुर्खेतकाे गुर्भाकोट १४ गुमी घर भइ नेपालगञ्ज १८ बस्ने १९ वर्षीय निश्चल गुरुङ, जाजरकोटकाे जुनेचाँदी ७ दह घर भइ नेपालगञ्ज ४ बसपार्क बस्ने २१ वर्षीय तेज मगर भनिने तेजबहादुर बीएमलाई पक्राउ गरिएकाे छ ।

यसैगरी  नेपालगञ्ज ६ फुल्टेक्राका १७ वर्षीय बालक, नेपालगञ्ज ५ बसपार्कका १६ वर्षीय बालक र बाँकेको राप्तीसोनारी १ कुसुम घर भइ नेपालगञ्ज ४ गणेशपुर बस्ने १७ वर्षीय बालक तथा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भइ नेपालगञ्ज २ घरबारीटोल बस्ने १६ वर्षीय बालकलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया