टुर दि ठाकुरद्धाराको यात्रुलाई अवरोध नगर्न आव्हान

नेपालगन्ज :पर्यटन प्रर्वधन उदेश्य राखेर नेपालगन्जको साइक्लिङ्ग क्लवले टुर दि ठाकुरद्धाराको तेस्रो सस्करणको अन्तिम तयारी गरिहेको छ ।

यता नेकपा प्रचण्ड – नेपाल समुहले बिहीवार आम हड्तालको घोषणा गरेका छन् , सो कुरालाई मध्यनजर गर्दै टुरदी ठाकुरद्वाराको आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबले कार्यक्रमको लागि सहज बातावरण बनाइदिन आव्हान गरेको छ ।

आयोजकले अगाडी भनेको छ , यात्रु र आफ्नो पर्यटन प्रवद्र्धनका लागि  आयोजना गर्न लागेको टुर दि ठाकुरद्धाराको तेस्रो सस्करणको अन्तिम तयारीमा पुगिरहँदा राजनीतिक आन्दोलनले यात्रु प्रभावित हुन नदिन आव्हान गरिएको छ ।

स्वास्थ्य, पर्यावरण र पर्यटन का लागि साइकल भन्ने मुख्य नारा बोकेर देश बिदेशबाट कार्यक्रममा सहभागिता जनाउने साइक्लिस्टहरुलाई भोली विहीवार हठात् आव्हान गरेको बन्दले प्रभाव पार्ने भन्दै बन्दको कार्यक्रम नगर्न आव्हान गरिएको हो ।

स्वास्थ्य, पर्यावरण र पर्यटन का लागि साइकल भन्ने मुख्य नारा बोकेर देश बिदेश बाट कार्यक्रममा सहभागिता जनाउने साइक्लिस्टहरुलाई नेपालगन्ज शहर घुमाउने र बाँके र बर्दिया जिल्लाका पर्यटकीय क्षेत्रको भ्रमण गराउने मुख्य लक्ष्य लिएर २०७५ देखी शुरु गरिएको कार्यक्रममा यस वर्षपनि १५० जना साइक्लिस्टहरुलेसहभागिता रहने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हेर्नुस् आयोजकले निकालेको बिज्ञप्ति

प्रतिक्रिया